दोलखाको भिमेश्वर नगरपालिका वाड नम्बर १ सुस्पाक्षमावतीमा ३ दिने गोलभेडा खेती तालिम सम्पन्न भएको छ । इकार्डस दोलखा र टिडिएच जर्मनीको साझेदारीमा सञ्चालित तालिममा १५ जना कृषकहरुको सहभागिता रहेको थियो । गोलभेडा खेती गर्न इच्छुक र विपन्न किसानहरुलाई व्यवसायिक बनाउने उदेश्यले तालिमको आयोजना गरिएको इकार्डस दोलखाले जनाएको छ । तालिममा वागवनी केन्द्र बोचका मित्रबन्धु भट्टराईले प्रशिक्षण दिनुभएको थियो । तालिम पश्चात सहभागीहरुलाई टनेल प्लाष्ट्रिक, स्प्रे, गोलभेडाको विउ, क्रिरेट लगायतको सामग्री प्रदान गरिएको थियो ।
पौष ९ इकार्ड्स दोलखा र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा दोलखाको मेलुङ गाउपालिकामा संचालित जिविकोपार्जन कार्यक्रम अन्तर्गत स्थानीय विपन्न महिलाहरुलाई खोर र गोठ निर्माणको लागी जस्ता वितरण गरिएको छ । मेलुङ गाउपालिकाको वार्ड न ४,५,६ र ७ मा छनौटमा परेका स्थानीय विपन्न महिलाहरु मध्ये बाख्रापालन, कुखुरापालन र बङ्गुरपालन ब्यबसाय रोज्ने लाभग्राहिहरुका लागि खोर तथा गोठ निर्माणका लागि जस्ता वितरण कार्यक्रम गरिएको हो । कुखुरापालन गर्ने २३ जना, बाख्रापालन गर्ने २ सय ३३ जना र वगुरपालन गर्ने ९ जना गरी २ सय ६५ जना महिलालाई गोठ र खोर निर्माणको लागी जस्तापाता वितरण गरिएको जनाइएको छ । स्थानीय विपन्न महिलाहरुको सहभागितामा वार्ड अध्यक्षहरुको उपस्थितिमा एक समारोहका बिच इकार्ड्स दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तानले उक्त जस्ता हस्तान्तरण गरिएको कार्यक्रम सयोजक सन्तोष दहालले बताउनु भयो।। त्यसै गरि लाभग्राहिहरुका लागि दिने भनिएको ४२ हजार ५ सय व्यावसायिक सहयोग मध्ये अब बाकी रकम गोठ तथा खोर निर्माण पश्चात् अनुगमन गर्ने र वितरण गर्ने अध्यक्ष धर्मेन्द्र मोक्तानले बताउनुभयो।